२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

वर्ल्ड लिंकसँग पब्जीको सम्झौता, मोबाइल गेमिङलाई प्रवर्द्धनका लागि सहयोग गर्ने प्रतिबद्धता


सञ्चार डबली
  • आइतबार, वैशाख १७ २०८०
  • 9.8K
    SHARES

  • images
    वर्ल्ड लिंकसँग पब्जीको सम्झौता, मोबाइल गेमिङलाई प्रवर्द्धनका लागि सहयोग गर्ने प्रतिबद्धता

    १७ वैशाख, काठमाडौं । चर्चित मोबाइल गेमिङलाई प्रवर्द्धन गर्न विश्वको अग्रणी मोबाइल गेमिङ कम्पनी पब्जी मोबाईल र इन्टरनेट सेवाप्रदायक वर्डलिंकबीच सम्झौता भएको छ। नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको अवस्थामा वर्ल्ड लिंकसँग गेमरका लागि उच्च गतिको इन्टरनेट उपलब्ध गराउने गरी सहकार्य र सहयोग गर्ने प्रतिबद्धता सहित सम्झौता भएको हो । 

    पब्जी मोबाइलका नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् । ‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा छ, गेम खेल्नेहरुको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ’ वर्ल्डलिंकका सीईओ केशव नेपालले भने, ‘यो सहकार्य त्यसकै लागि हो ।’ यो सम्झैताले पब्जी गेमरहरूका लागि उत्कृष्ट वर्डलिङ्क इन्टरनेट र फरक अनुभुती दिलाउन यो सम्झौता भएको उनले बताए ।

    यस साझेदारीको महत्वबारे बताउँदै टेनसेन्ट साउथ एसिया पब्लिसिङका सहायक निर्माताले भने,“मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याइ नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको छ। यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएका छन् । PMGC मा DRS, DeadEyes Guys, Skylights Gaming र T2K जस्ता प्रतिभाले PUBG MOBILE को लागि ग्लोबल एस्पोर्ट्स इभेन्टसमा बारम्बार आफ्नो क्षमता प्रदर्शन गरेका स्पष्ट रूपमा देख्न सकिन्छ । यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवं आनन्द समेत मिल्दछ । CR7 र 4K गेमिङ जस्ता प्रतिभाहरू हरेक दिन बढ्दै गएको छन् र हाम्रा प्रयासहरू पनि यस्ता गेमिङ समुदायलाई बढाउदै लैजानु पनि हो। हामी मनोरञ्जन मात्र होइन, व्यावसायिक रूपमा अघि बढ्ने अवसरहरू प्रदान गर्न निरन्तर केन्द्रित छौं। त्यसैले हामीले वर्डलिंकलाई  एक उत्कृष्ट साझेदारको रूपमा लिएका छौ । यस प्रयासले नेपालमा मोबाइल गेमिङ गर्ने हाम्रो जोश र संकल्पलाई आत्मसाथ समेत गर्दछ, यो दक्षिण एसियाकै सबैभन्दा ठूलो सफलता एवं सानो सुरुवात मात्र हो ।

    साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend