२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

टी-२० विश्वकप एसिया छनोट : सुखद सुरुआतको लक्ष्यमा नेपाल


सञ्चार डबली
  • सोमबार, कात्तिक १३ २०८०
  • 8.2K
    SHARES

  • images
    टी-२० विश्वकप एसिया छनोट : सुखद सुरुआतको लक्ष्यमा नेपाल

    सोमबार, कात्तिक १३, २०८०
    काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा आज सिंगापुरविरुद्ध मैदान उत्रिँदा नेपाल जितसहित सुखद सुरुआतको लक्ष्यमा हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने समूह ‘ए’को यो खेल बिहान नौ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको पहिलो दिन कुल चार खेल हुनेछन् ।

    आजै बिहान नौ बजेदेखि मुलपानी क्रिकेट मैदानमा हुने समूह ‘बी’को खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले बहराइनविरुद्ध खेल्नेछ । यस्तै, दिउँसो १ः१५ बजे कीर्तिपुरमा ओमान र मलेसियाले खेल्दा मुलपानीमा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । आजदेखि सुरु हुने प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

    नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग त्रिवि मैदानमा खेल्नेछ । नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

    यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । यस छनोटबाट फाइनल पुग्ने दुई टिम आगामी वर्ष उत्तर अमेरिकामा हुने विश्वकपमा छनोट हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend