२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एल क्लासिको ‘डेब्यु’मा बेलिङघमले दुई गोल गर्दै रियाल मड्रिडको पुनरागमन जित


सञ्चार डबली
  • आइतबार, कात्तिक १२ २०८०
  • 8.6K
    SHARES

  • images
    एल क्लासिको ‘डेब्यु’मा बेलिङघमले दुई गोल गर्दै रियाल मड्रिडको पुनरागमन जित

    आइतबार, कात्तिक १२, २०८०
    काठमाडौं । एल क्लासिको ‘डेब्यु’मा जुड बेलिंघम नायक बन्दा स्पेनिस ला लिगामा रियाल मड्रिडले साविक विजेता बार्सिलोनाविरुद्ध २–१ को जित निकालेको छ । बार्सिलोनाको मैदान स्टाडियो ओलिम्पिक लुइस रंगशालामा भएको खेलमा घरेलु टिमले सुरुआती अग्रता बनाए पनि बेलिंघमले दोस्रो हाफमा दुई गोल गर्दै रियाललाई जित दिलाएका हुन् ।

    खेलको छैटौँ मिनेटमा इल्काई गुन्डोगानको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । तर, ६८औँ मिनेटमा बेलिंघमले १८ यार्ड बक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काएका थिए । यस्तै, इन्ज्युरी समयमा बेलिंघमले ६ यार्ड बक्सभित्रबाट ‘ट्याप इन’ गोल गरेपछि रियालले २–१ को जित पक्का गरेको हो । यसै सिजनको सुरुआतमा रियाल मड्रिड भित्रिएका बेलिंघमको ला लिगामा यो १०औँ गोल हो ।

    जितसँगै ११ खेलबाट २८ अंक जोडेको रियाल मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट २४ अंकको बार्सिलोना तेस्रो स्थानमा छ । जारी सिजन ला लिगामा बार्सिलोनाको यो पहिलो हार हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend