२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपालले युएईलाई दियो १ सय ६३ रनको मध्यम लक्ष्य


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १० २०८०
  • 8.6K
    SHARES

  • images
    नेपालले युएईलाई दियो १ सय ६३ रनको मध्यम लक्ष्य

     

    काठमाडौं, १० कार्तिक । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि भिडन्तमा नेपालले युएईलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ। टियु क्रिकेट मौदानमा जारी खेलमा टस जितेर बलिङ रोजेको युएईसामु नेपालले १ सय ६२ रनको योगफल प्रस्तुत गरेको हो।

    जारी खेलमा नेपालका लागि ओपनर व्याट्सम्यानद्वय कुशल भुर्तेलले २९ बलको सामना गर्दै ५० रनको योगदान गर्दा आसिफ शेखले १२ बलमा ७ रन जोडे। यस्तै १८ बलको सामना गरेका क्याप्टेन रोहित पौडेलले १७ रन, दिपेन्द्र सिंह ऐरिले १५ बल खेल्दा २० रन, सन्दीप जोराले १० बलमा १० रन, गुल्छन झाले ८ बलमा ५ रन बनाउँदा क्याच आउट भए। सोमपाल कामीले ८ बलमा १३ रन बनाउँदा करण केसीले अभिजित २३ रनको योगदान गरे।

    सुरु देखि नै कडा फिल्डिङ गरेको युएईका बलर आयान अफ्जल खानले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, अलि नासिर र जाहोस खानले समान २ र जुनैद सिद्दकी ले १ विकेट लिए। हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा परेसँगै फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend