२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

‘हत्या आरोपित’ एमाले सांसद कोइरीको भएन बिदा स्वीकृत 


सञ्चार डबली
  • शनिबार, वैशाख १६ २०८०
  • 9.3K
    SHARES

  • ‘हत्या आरोपित’ एमाले सांसद कोइरीको भएन बिदा स्वीकृत 


    काठमाडौं, १६ बैशाख । हत्याका अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदा अस्वीकृत भएको छ। शुक्रबार साँझ बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमाले सांसद कोइरीको बिरामी बिदा प्रस्ताव अस्वीकृत गर्दै उनको बारेमा अर्को बैठकमा कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।

    ‘माननीय श्री लक्ष्मी महतो कोइरीका बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानून बमोजिम हुने जानकारी गराउँदछु,’ सभामुख देबराज घिमिरेले भने ।

    १० दिनसम्म नियमित रुपमा संसद बैठकमा नआएमा स्वतः पदमुक्त हुने भए पछि सांसद कोइरीले केही दिन आफू बिरामी भएका कारण उपस्थित हुन नसकेको भन्ने पत्र संसद सचिवालयमा पठाएका थिए। त्यहीअनुसार सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा उनीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका थिए।

    तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद रवि लामिछाने तथा सत्तारुढ दलका सांसदहरुले आपत्ति जनाउँदै उनलाई पक्राउ गर्न सभामुखमाथी दबाब बढाएका थिए । जसका कारण संसद बैठक केही समयका लागि अबरुद्धसमेत हुन पुगेको थियो ।

    कोइरीका कारण सत्तारुढ र प्रतिपक्ष बिचमा संसद बैठकमा आरोप प्रत्यारोप भएपछि पुनः सहमतिका आधारमा उनलाई अर्को अधिवेसनमा भने कारबाही गर्न सभामुख घिमिरे मञ्जुर भएका थिए ।

    मधेस आन्दोलनका क्रममा महोत्तरीमा असइ थमन बिकको हत्याको आरोपमा सांसद कोइरी माथी जेल सजाय सुनाईएको छ । सो जेल सजाय सुनाएका कोइरीलाई पक्राउ गर्न चौतर्फी दबाब बढेको हो । उता, मनोरमा शेरचन, बिनाकुमारी थनैत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा भने हिजोको बैठकले स्वीकृत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend