लुम्बिनी प्रदेश सरकारबाट नेपाली काँग्रेसका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि उनीहरू सरकारबाट बाहिरिन लागेका हुन् ।
कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार छन् ।

