२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

विश्वकप २०२३ : बंगलादेशलाई हराउदै दक्षिण अफ्रिका दोस्रो स्थानमा उक्लियो


सञ्चार डबली
  • बुधबार, कात्तिक ८ २०८०
  • 8.5K
    SHARES

  • images
    विश्वकप २०२३ : बंगलादेशलाई हराउदै दक्षिण अफ्रिका दोस्रो स्थानमा उक्लियो

    २०८० कार्तिक ८ बुधबार

    मुम्बई — क्विन्टन डे ककको उत्कृष्ट शतकको मद्दतले दक्षिण अफ्रिकाले विश्वकप २०२३ मा बंगलादेशलाई १ सय ४९ रनको ठूलो अन्तरले पराजित गरेको छ । यो जितसँगै दक्षिण अफ्रिका विश्वकप २०२३ अंक तालिकाको दोस्रो स्थानमा उक्लिन सफल रह्यो ।

    दक्षिण अफ्रिकाको पाँच खेलबाट आठ अंक भएको छ । समान आठ अंकमा रहेको न्युजिल्यान्ड भने नेट रनरेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ । अपराजित भारत पाँच खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ ।

    मुम्बईको वानखडे स्टेडियममा मंगलबार भएको खेलमा जितका लागि ३ सय ८३ रन पछ्याएको बंगलादेशले ४६।४ ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि महमुदल्लाहले सर्वाधिक १ सय ११ रन बनाए ।

    दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा ३ सय ८२ रनको स्कोर खडा गरेको थियो । त्यसमा ओपनर क्विन्टन डे ककले १ सय ७४ रनको शानदार इनिङ्स खेले । उनले १ सय ४० बलको सामना गर्दै १५ चौका र सात छक्का प्रहार गरेका थिए । त्यस बाहेक एडिन मारक्रमले ६० तथा हेनरिक क्लासनले ९० रन बनाए । क्लासनले दुई चौका र आठ छक्का प्रहार गर्ने क्रममा ४९ बलको मात्र सामना गरे ।

     


    बलिङतर्फ बंगलादेशका हसन महमुदले २ विकेट लिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend