२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आईसीसी विश्वकप क्रिकेट : पाकिस्तानमाथि अफगानिस्तानको अर्को सनसनीपूर्ण जित


सञ्चार डबली
  • मंगलबार, कात्तिक ७ २०८०
  • 10.0K
    SHARES

  • images
    आईसीसी विश्वकप क्रिकेट : पाकिस्तानमाथि अफगानिस्तानको अर्को सनसनीपूर्ण जित

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा तेस्रो अप्रत्यासीत नतिजाको रुपमा अफगानिस्तानले पाकिस्तानलाई हराएको छ । सोमबार भएको खेलमा अफगानिस्तानले पाकिस्तानमाथि ८ विकेटको ऐतिहासिक जित दर्ता गराएको हो । एक दिवसीय क्रिकेटमा अफगानिस्तानले पहिलो पटक पाकिस्तानलाई हराएको हो । अहिलेसम्म भएका ८ खेलमा पाकिस्तानले ८ म्याच जितेको थिया । 

    यसअघि अफगानिस्तानले विश्व च्याम्पियन इङ्ल्याण्डलाई ६९ रनले हराएर पहिलो अप्रत्यासीत जित दर्ता गरेको थियो । दोस्रो अप्रत्यासीत नतिजाको रुपमा नेदरल्याण्ड्सले साउथ अफ्रिकालाई हराएको थियो । अब तेस्रो अप्रत्यासीत जितको रुपमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको छ ।

    बाबर आजम नेतृत्वको पाकिस्तानले २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको अफगानिस्तानले मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । सुरुआतमा रहमानुल्लाह गुरबाज र इब्राहिम जादरानले शतकीय इनिङ्स खेल्दै अफगानिस्तानलाई शानदार सुरुआत दिलाएका थिए । जादरानले १ सय १३ लमा ८७ र गरबाजले ५३ बलमा ६५ रनको इनिङ्स खेलेका थिए । त्यसपछि रहमत साह र कप्तान हशमतुल्लाह शाहिदी मिलेर अफगास्तिानको मोर्चा सम्हालेका थिए । रहमत ८४ बलमा अविजित ७७ र साहिदी ४५ बलमा अविजित ४८ रन बनाए । 

    बाबर आजम फर्ममा फर्कदा ९२ बलमा ७४ रन बनाएका थिए । यस्तै अब्दुल्ला सफिकले ५८ रन बनाएका थिए । अन्तिममा सादाब खानले ४० तथा इफ्तिखार अहमदले ४० रनको इनिङ्स खेलेका थिए । अफगानिस्तानका लागि १८ वर्षका स्पिनर नुर अहमदले सबैभन्दा धेरै ३ विकेट लिएका थिए । नविल उल हकले २ तथा मोहमद नबी र अजमतुल्लाह उमरजईले समान एक एक विकेट हात पारेका थिए । 

    पाकिस्तानले यस विश्वकपका खेलेको ४ खेलमा दुईमा जित र दुईमा बराबरीको नतिजा निकालेको छ । बाबर आजम नेतृत्वको टिमले पछिल्लो दुई खेलमा हार ब्यहोरेको छ । सेमिफाइनलमा स्थान बनाउन उसले बाँकी ५ खेलमध्य कम्तिमा ४ खेलमा जित हासिल गर्न आवश्यक छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend