२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेटमा नेपाल पाँच विकेटले विजयी


सञ्चार डबली
  • सोमबार, कात्तिक ६ २०८०
  • 9.7K
    SHARES

  • images
    त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेटमा नेपाल पाँच विकेटले विजयी

    सोमबार, कात्तिक ६, २०८०
    काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच विकेटले पराजित गरेको छ ।

    यूएईले जितका लागि दिएको १६५ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा ओपनर असिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिए । कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै ४० रन जोडे । नेपालले सुरुआती तीन ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ललाई गुमाएको थियो । तर, कप्तान पौडेल र आसिफ शेखले ९९ रनको उत्कृष्ट साझेदारी गरेपछि नेपाल खेलमा फर्किएको थियो ।

    मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६४ रनको योगफल बनाएको थियो । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५र४५ रनको योगदान दिए । आसिफ खानले १८ रन बनाए ।

    नेपालले यसअघि भएको पहिलो खेलमा यूएईलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गरेको थियो । अब नेपालले यूएई र हङकङमध्ये एकसँग फाइनल खेल्नेछ । रासस

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend