२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

त्रिकोणात्मक श्रृंखलाः नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य


सञ्चार डबली
  • शनिबार, कात्तिक ४ २०८०
  • 9.5K
    SHARES

  • images
    त्रिकोणात्मक श्रृंखलाः नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य

     

    काठमाडौ‌, ४ कार्तिक । कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै नेपालमा जारी त्रिकोणात्मक श्रृंखलामा घरेलु टोलीले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो ।

    निक्कै नै खराब सुरुवात गरेको नेपालले रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई मात्र २ रनमा गुमाएको थियो । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमा आउट भए । त्यसपछि नेपालका लागि आसिफ शेख २० र कप्तान रोहित पौडेल ११ रन बनाएर पेभिलियन फर्किदाँ नेपालको स्कोर ५५ रन मात्रै थियो ।

    त्यसपछि कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरेका हुन् ।१७औं ओभरको पाँचौं बलमा छक्का हादै मल्लले ३० बलमा अर्धशतक पुरा गरेका थिए। अर्को ओभरमा ऐरीले पनि समान ३० बलमा ५० रन कटाए ।

    ऐरी १९औं ओभरको अन्तिम बलमा आउट भए । कुल ३४ बलको सामना गरेका उनले दुई छक्का र ६ चौकाको मदतमा ५७ रन बनाए ।यस्तै अन्तिम बल खेल्नु अघि मल्ल ९२ रनमा पभेलियन फर्किएका थिए । ४१ बलको समना गरेका उनले ९ वटा चक्का र तीन चौका प्रहार गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend