२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आईसीसी एकदिवसीय विश्वकप : अस्ट्रेलियाद्धारा पाकिस्तान ६२ रनले पराजित


सञ्चार डबली
  • शनिबार, कात्तिक ४ २०८०
  • 8.1K
    SHARES

  • images
    आईसीसी एकदिवसीय विश्वकप : अस्ट्रेलियाद्धारा पाकिस्तान ६२ रनले पराजित

    शनिवार, कात्तिक  ०४, २०८०
    काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो हार बेहोरेको छ । पाकिस्तानले शुक्रबार भएको खेलमा अस्ट्रेलियासँग ६२ रनको हार बेहोरेको हो । भारतको चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको ३६८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.३ ओभरमा सबै विकेट गुमाएर ३०५ रन मात्र बनाउन सक्यो ।

    पाकिस्तानका ओपनरद्वय इमाम उल हक र अब्दुल्लाह सफिकले क्रमशः ७० र ६४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । यी दुईले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गर्दै पाकिस्तानलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, यसपछिका अन्य ब्याटरले सम्हालिएर प्रदर्शन गर्न नसक्दा पाकिस्तान लक्ष्यसम्म पुग्न सकेन । मोहम्मद रिजवानले ४६, साउद साकिलले ३०, इफ्तिखर अहमेदले २६, कप्तान बाबर आजमले १८, मोहम्मद नवाजले १४ र साहिन साह अफ्रिदीले १० रन जोडे ।

    अस्ट्रेलियाका एडम जाम्पाले चार विकेट लिए । प्याट कुमिन्स र मार्कुस स्टोइनिसले समान दुई विकेट लिए । यस्तै, मिचेल स्टार्क र जस हेजलउडले एक-एक विकेट लिए ।

    त्यसअघि, टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर ३६७ रनको योगफल खडा गरेको थियो । अस्ट्रेलियाका ओपनरद्वय डेविड वार्नर र मिचेल मार्सले क्रमशः १६३ र १२१ रन बनाएका थिए । यी दुईले पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । मार्कुस स्टोइनिसले २१ र जस इङ्लिसले १३ रन बनाए ।

    पाकिस्तानका साहिन साह अफ्रिदीले पाँच विकेट लिएका थिए । ह्यारिस रौफले तीन र उसमा मिरले एक विकेट लिए ।

    जितसँगै चार खेलबाट चार अंक जोडेको अस्ट्रेलिया तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक नै जोडेको पाकिस्तान तालिकाको पाँचौँ स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend