२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एसीसी प्रिमियर कपः पहिले ब्याटिङ गर्दै नेपाल


सञ्चार डबली
  • शनिबार, वैशाख १६ २०८०
  • 12.0K
    SHARES

  • images
    एसीसी प्रिमियर कपः पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं, १६ बैशाख । एसीसी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुँदै छन ।  नेपालले  पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्धको खेल पहिले ब्याटिङ गर्दैछ।टियु मैदानमा भएको टसमा कुवेतले बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्दै छ ।नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचका साथ मैदान प्रवेश गर्नेछ ।

    कुवेत पनि सोहि लक्ष्यमा हुनेछ । कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा कुवेतले मुलपानी मैदानमा २ सय ७२ रन बनाएको थियो ।

    कुवेतले यस प्रतियोगितामा युएईसँग मात्रै हारेको छ । पहिलो खेलमा कुवेत युएईसँग १ सय ४३ रनले पराजित भएको थियो।नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ ।

    कुवेतसँगको पछिल्लो भेट २०१२ मा युएईमा आयोजना भएको एसीसी ट्रफी एलिटमा भएको थियो । यस खेलमा कुवेत ४ विकेटले विजयी भएको थियो । नेपालका लागि यस खेलमा पारस खड्काले १ सय ६ रनको शतकीय ईनिङ खेलेका थिए । पारस खड्का र शक्ति गौचनले समान २र२ विकेट समेत लिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend