२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पेरुविरुद्ध अर्जेन्टिनाको जित, उरुग्वेले ब्राजिललाई हरायो


सञ्चार डबली
  • बिहीबार , कात्तिक २ २०८०
  • 7.6K
    SHARES

  • images
    पेरुविरुद्ध अर्जेन्टिनाको जित, उरुग्वेले ब्राजिललाई हरायो

    बिहीबार, कात्तिक २, २०८०
    काठमाडौं । फिफा विश्वकप–२०२६ दक्षिण अमेरिकी छनोटमा कप्तान लियोनल मेसीप्रेरित अर्जेन्टिनाले पेरुविरुद्ध २–० को जित निकालेको छ । बुधबार स्टाडियो नासिओनेल डे लिमामा सम्पन्न खेलमा घरेलु टिमविरुद्ध अर्जेन्टिनालाई जित दिलाउन दुवै गोल मेसीले गरे । अर्जेन्टिनाले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

    खेलको ३२औँ मिनेटमा मेसीले अर्जेन्टिनालाई १–० को अग्रतामा राखेका थिए । त्यसको १० मिनेटपछि मेसीले नै अर्जेन्टिनाको अग्रतालाई दोब्बर बनाए । यसपछि थप गोल हुन नसक्दा अर्जेन्टिनाले छनोटमा तीन अंक सुरक्षित ग¥यो । 

    जितसँगै चार खेलबाट १२ अंक जोडेको अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना अपराजित छ । सन् २०२२ को विश्वकपमा साउदी अरेबियासँग पराजित भएयता अर्जेन्टिनाले पछिल्ला १४ खेलमा शतप्रतिशत नतिजा निकालेको छ । समान खेलबाट एक अंक जोडेको पेरु तालिकाको नवौँ स्थानमा छ । 

    बुधबार नै भएको अर्को खेलमा ब्राजिलले उरुग्वेविरुद्ध २–० हार बेहोरेको छ । उरुग्वेको राजधानी मन्टेभिडियोस्थित सेन्टानारियोना भएको खेलमा घरेलु टिमलाई जित दिलाउन डार्विन नुनेज र एन डे ला क्रुजले गोल गरे ।

    जितसँगै चार खेलबाट सात अंक जोडेको उरुग्वे तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भए पनि ब्राजिल तेस्रो स्थानमा छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिलको यो पहिलो हार हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend