२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

दशैं बेलामा घर जाँदा छुटाउनै नहुने यी औषधिहरू


सञ्चार डबली
  • बिहीबार , कात्तिक २ २०८०
  • 12.0K
    SHARES

  • images
    दशैं बेलामा घर जाँदा छुटाउनै नहुने यी औषधिहरू

    बिहिवार, कार्तिक ०२, २०८०
    काठमाडौं - दशैंको बेला घर जाँदा हवाईजहाज र बस दुई किसिमका यातायातका साधनमा गरिन्छ। त्यसमा पनि अधिकांश बसको यात्रा नै गर्ने गर्छन्। बसको यात्रा गर्दा धेरैजसो व्यक्तिलाई मोसन सिक्नेस (वाकवाकी आउने, रिंगटा लाग्ने) हुन्छ।

    अनि पेट उमठेर बान्ता हुने हुन्छ। बसको यात्रामा त्यस्तो समस्या हुने मान्छेले अदुवा खाने, पानी खाने, अनि हल्का (साधारण) खाना खाएर यात्रा गर्नु राम्रो हुन्छ। 

    यात्राको बेलामा विभिन्न कारण बिरामी पर्ने पनि हुन्छ। जस्तोस् बान्ता हुने, ग्याष्ट्रिक हुने, पखाला लाग्ने जस्ता समस्या आउन सक्छन्। यी समस्या समाधानका लागि आफैंले औषधि बोक्न सकिन्छ। यस्ता छन् यात्राका क्रममा बोक्दै पर्ने औषधि :

    बान्ता रोक्ने ओषधि (मेटोकोलोप्राइमिड)
    बसको यात्रा गर्दा बान्ता हुने व्यक्तिले जहिले पनि बस चढ्नु एक/डेढ घण्टाअघि बान्ता रोक्ने औषधि सेवन गर्नुपर्छ। यस्तो औषधि एक दुई पत्ता बोक्न जरुरी हुन्छ किनभने आफूलाई बान्ता नआए पनि छेउमा बसेको व्यक्तिलाई आउन सक्छ। 

    ग्याष्ट्रिकको औषधि 
    यात्राका क्रममा लामो समयसम्म खान पाइँदैन। अर्थात् खानपानको समय नमिल्न सक्छ। खानपान नमिल्दा पेटमा ग्याष्ट्रिक हुन सक्छ। पहिलादेखिकै ग्याष्ट्रिकको समस्या भएका व्यक्तिलाई त झनै गाह्रो हुन सक्छ। त्यसैले यात्रा गर्दा ग्यास्ट्रिकको औषधि बोक्न अनिवार्य छ। 

    जीवनजल 
    यात्राका बेलामा कहिलेकाहीँ खानपान नमिल्दा पखाला पनि लाग्न सक्छ। पखाला रोक्नका लागि जीवनजलले अति महत्वपूर्ण काम गर्छ। पखाला लागेको बेलामा शरीर एकदमै कमजोर भइरहेको हुन्छ। जीवनजलले शरीरलाई शक्ति पनि दिन्छ। 

    मास्क
    धुलो-धुवाँ, रुघाखोकी, भाइरल लगायत विभिन् नखाले संक्रमणजन्य रोगबाट बच्न मास्कको प्रयोग अनिवार्य छ। मौसमी रुघाखोकीको संक्रमणबाट बच्नका लागि पनि मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ। यात्राको क्रममा मास्क झनै आवश्यक वस्तु हो। भीडभाडमा मास्कको प्रयोगले विभिन्नखाले संक्रमणबाट जोगाउनुका साथै धुलो/धुवाँका कारण श्वासप्रश्वास सम्बन्धी समस्या हुन दिँदैन।

    प्राथमिक उपचारका सामग्री
    लामो यात्रा गर्दा जहिले पनि प्राथमिक उपचारका लागि सामग्री बोक्न आवश्यक छ। यात्राको बेलामा कहिलेकाहीँ चोटपटक लाग्न सक्छ। जसको उपचारका लागि घाउ बाँध्ने टेप, ब्यान्डिज, काटेको घाउमा लगाउने औषधि, ह्याण्डी प्लाष्ट,पट्टी, डेटोल लगायतका सामाग्री बोकेर यात्रा गर्न सकिन्छ। यस्ता सामग्री बोक्दा सामान्य चोटपटकको उपचार आफैं गर्न सकिन्छ।

    बच्चाको डाइपर र स्यानिटरी प्याड
    यात्राको क्रममा साथमा साना बच्चाहरू छन् भने बच्चाले प्रयोग गर्ने डाइपर बोक्न अनिवार्य हुन्छ। बच्चाहरुले बेलाबेलामा दिसापिसाब गर्दा सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ।

    यस्तै महिलाले यात्रामा छुटाउनै नहुने स्यानिटरी प्याड हो। महिनावारीको समय नजिकिँदै छ भने झनै छुटाउनै हुँदैन। स्यानिटरी प्याड सबै ठाउँमा किन्न नपाइन सक्छ। त्यस कारण आफूलाई आवश्यक नपरे पनि छेउछाउका अन्य व्यक्तिहरुले बोक्न बिर्सिँदा प्रयोग गर्न सजिलो हुन्छ।

    बिरामीको नियमित औषधि 
    कुनै पनि बिरामीले यात्रा गर्दा आफ्नो नियमित औषधि भने बोक्न छुटाउनु हुँदैन। नियमित औषधि छुट्यो भने आफूले प्रयोग गरिरहेको औषधि सबै ठाउँमा पाइन्छ भन्ने हुँदैन। त्यसैले आफ्नो नियमित औषधि भने छुटाउनै हुँदैन। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend