२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आइपिएल इतिहासकै दोस्रो उच्च योगफल बनाएर लखनउले पञ्जाबलाई हरायो


सञ्चार डबली
  • शनिबार, वैशाख १६ २०८०
  • 13.2K
    SHARES

  • images
    आइपिएल इतिहासकै दोस्रो उच्च योगफल बनाएर लखनउले पञ्जाबलाई हरायो

    शनिबार, १६ बैशाख २०८०

    एजेन्सी – मार्कस स्टोइनिस, निकोलस पुरन र कायल मेयर्सको सानदार ब्याटिङमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३८ औं खेलमा पन्जाब किंग्सलाई २ सय ५८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।  जवाफमा पञ्जाबका ब्याट्सम्यान १९.५ ओभरमा २०१ रनमा अलआउट भयो।

    मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५७ रन बनायो । यो आइपिएल इतिहासकै दोस्रो ठूलो योगफल हो । आइपिएलमा सर्वाधिक ठूलो योगफल २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरले पुणे वारियर्सविरुद्ध ५ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । अन्य कुनैपनि टोलीले आइपिएलमा २ सय ५० रनको योगफल कटाएका छैनन् ।

    पञ्जाबका कप्तान शिखर धवन एक रनमै आउट भए । तेस्रो नम्बरमा खेल्न आएका अथर्व तायडे ६६ रनको पहिलो अर्धशतक बनाए । तायडेका अलावा सिकन्दर राजाले ३६, जितेश शर्माले २४ र लियाम लिभिङस्टोनले २३ रनको योगदान दिए । यश ठाकुरले चार विकेट लिए । नविन उल हकले तीन र रवि बिश्नोईले दुई विकेट लिए ।

    लखनऊका मार्कस स्टोइनिसले ४० बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए । कप्तान केएल राहुल १२ रनमा आउट भएपछि कायल मेयर्सले २४ बलमा ७ चौका र ४ छक्कासहित ५४ रन र आयुष बदोनीले २४ बलमा ३ चौका र ३ छक्कासहित ४३ रन बनाए । यो साझेदारी टुटेपछि मार्कस स्टोइनिस र आयुष बडोनीले ४७ बलमा ८९ रनको साझेदारी गरे । स्टोइनिस ९७२ रन०ले अर्धशतकीय पारी खेले । मिडल अर्डरमा निकोलस पूरन ४५ रनले तीव्र गतिमा रन बनाए । पञ्जाबका कागिसो रबाडाले दुई विकेट लिए । अर्शदीप, साम करन र लियाम लिभिङस्टोनले एक–एक विकेट लिए ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend