शुक्रबार, १५ बैशाख २०८०
काठमाडौँ । नेकपा (एमाले)का नेता योगेश भटराईले अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरु त्यत्तिनै थप्ने र लडाकुलाई पनि सेयरको ब्यबस्था गर्ने अनि सार्वजनिक सेयर आह्वन गरी हाललाई कम्तीमा ५ अरबको लगानीमा पब्लिक कंपनी स्थापना गरी कुनै उधोग खोल्ने वा पाँच तारे होटल खोल्ने र लडाकुका परिवार र अन्य युवाहरुलाई रोजगारीको ब्यबस्था गर्ने ।
पुंजि बृद्धि गरी उधोगको आकार बढाउंदै लैजाने तथा पैसा बांडेर होईन जीवन यापन र दिगो समाधानको बाटो जानु उपयुक्त हुन्छ । यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।


