१५ वैशाख, काठमाडौं । उपनिर्वाचनबाट बिजयी प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् । अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे । यादव अहिले पनि काठमाडौं बाहिरै रहेकाले शपथमा अनुपस्थित भएका हुन् ।
यही वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने, तनहुँ १ बाट स्वर्णिम वाग्ले र बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गरेका छन् ।


