२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आइसीसी क्रिकेट विश्वकप : ईङल्याण्डमाथि अफगानिस्तानको ऐतिहासिक जित


सञ्चार डबली
  • आइतबार, असोज २८ २०८०
  • 11.1K
    SHARES

  • images
    आइसीसी क्रिकेट विश्वकप : ईङल्याण्डमाथि अफगानिस्तानको ऐतिहासिक जित

    २०८० असोज २८ आइतबार
    काठमाडौँ । अफगानिस्तानले ईङल्याण्डमाथि ऐतिहासिक जित हासिल गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत अफगानिस्तानले दिएको २८५ रनको लक्ष्य पछाएको ईङल्याण्ड ४०.३ ओभरमा अलआउट हुदै २१५ रन मात्र बनाएपछि खेल ६९ रनले खेल अफगानिस्तानले जितेको हो । अफगानिस्तानले कुनैपनि फर्म्याटमा ईङल्याण्डलाई पराजित गरेको यो पहिलो जित हो ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ४९।५ ओभरमा अल आउट हुदै २८४ रन बनाएको थियो ।अफगानिस्तानका लागि ओपनर रह्मनुल्लाह गुरबाजले सर्बाधिक ८० रन बनाएका थिए भने इक्राम अलिखिलले ५८ रन बनाएका थिए । त्यसैगरी इब्राहिम जरदान र मुजीब उर रहमानले २८-२८ रनको महत्वपूर्ण योगदान दिएका थिए भने राशिद खानले २३, अजमातुल्लाह ओमारजाईले १९, कप्तान हशिमतुल्लाह शाहिदीले १४ रन बनाएका थिए ।

    त्यस्तै ईङल्याण्डका बलर आदील राशिदले सर्बाधिक ३ विकेट लिए भने मार्क वूड़ले २ तथारीच टोप्ले, लियाम लिभिङस्टोन र जो रुटले एक एक विकेट लिए ।

    यो जितपछि अफगानिस्तानले जारी विश्वकपमा पहिलो जित हासिल गरेको छ । यसअघि लगातार दुई खेलमा हार बेहोरेको अफगानिस्तानले ईङल्याण्डलाई स्तब्ध पर्दै महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

    त्यस्तै ईङल्याण्डको ३ खेलमा दोस्रो हार बेहोर्दै २ अंक रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend