२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

क्रिकेट विश्वकपमा पाकिस्तान माथि भारतको ७ विकेटको जित


सञ्चार डबली
  • शनिबार, असोज २७ २०८०
  • 10.2K
    SHARES

  • images
    क्रिकेट विश्वकपमा पाकिस्तान माथि भारतको ७ विकेटको जित

    २७ असोज, काठमाडौं ।

    विश्वकप क्रिकेटमा भारतले पाकिस्तानमाथि ७ विकेटको जित हात पारेको छ । शनिबार अहमदावादमा भएको खेलमा पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ३ विकेट गुमाएर ३०.३ ओभरमा पूरा गर्‍यो । भारतको जितमा कप्तान रोहित शर्माले ८६, श्रेयस ऐयरले अविजित ५३, केएल राहुलले अविजित १९ तथा विराट कोहली र शुभमन गिलले १६/१६ रनको योगदान गरे ।

    टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा अलआउट हुँदै १९१ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि कप्तान बाबर आजमले अर्धशतक पूरा गरे भने मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह साफिकले २० र हसन अलीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

    बलिङतर्फ भारतका जसप्रित बुमरामह, मोहम्मद सिराज, हार्दिक पाण्डे, कुलदीप यादव र रवीन्द्र जडेजाले समान २ विकेट लिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend