२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पोर्चुगल पठाइदिन्छु भनी २१ लाख ठगी गरेको आरोपमा गोरखाका दुईजना पक्राउ


सञ्चार डबली
  • बिहीबार , वैशाख १४ २०८०
  • 14.8K
    SHARES

  • images
    पोर्चुगल पठाइदिन्छु भनी २१ लाख ठगी गरेको आरोपमा गोरखाका दुईजना पक्राउ

    १४ वैशाख, काठमाडौं। पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले गोरखाका दुई जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नम्बर ८, ध्याल्चोक घर भई ललितपुर गोदावरी नगरपालिका-१४ बस्‍ने ५१ बर्षका दुर्गाबहादुर रेग्मी र कमला रेग्मीलाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो ।

    उनिहरुले सुजन कार्की समेत ३ जनालाई पोर्चुगल पठाइदिन्छु भन्दै प्रतिव्यक्ति तेह्र लाख रुपैयाँ उठाएर ठगी गरेका हुन् । पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक २ लाख रुपैया तलब हुने भनि प्रलोभन देखाएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

    उनिहरुले पीडितहरुबाट पटक पटक गरि एक्काईस लाख रुपैयाँ उठाएका थिए । रकम ठगी गरी सम्पर्कविहीन भएपनि पिडितले वैदेशिक रोजगार विभागबाट उजुरी गरेपछी प्रहरीले खोजी गर्नेक्रममा दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend