२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

गण्डकी मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त


सञ्चार डबली
  • बिहीबार , वैशाख १४ २०८०
  • 11.8K
    SHARES

  • गण्डकी मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त


    काठमाडौं, बैशाख १४ गते । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 


    यसअघि उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । १२ वैशाखमा तीन दिनको समय दिएर प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

     सोहीबमोजिम बिहीबार पाण्डेले कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनको दाबी पेसअनुसार प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend