२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अन्जनको कीर्तिमानी गोलसँगै नेपालको लाओससँग बराबरी गोल


सञ्चार डबली
  • शुक्रबार, असोज २६ २०८०
  • 8.7K
    SHARES

  • images
    अन्जनको कीर्तिमानी गोलसँगै नेपालको लाओससँग बराबरी गोल

    २०८० असोज २६ शुक्रबार
    काठमाडौँ । नेपालले लाओसविरुद्ध बराबरी गोल गरेको छ । दोस्रो हाफको ४९औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै लाओसविरुद्ध १-१ गोलको बराबरी गरेका हुन् ।

    यो गोलसँगै अन्जनले नेपालबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरे । नेपालबाट १३औँ गोल गरेका अन्जनले हरि खड्का र निराजन रायमाझीको कीर्तिमानसँग बराबरी गरेका हुन् । 

    यसअघि २०२६ को फिफा विश्वकपको छनौट अन्तर्गत एशियन जोनको पहिलो चरणको दशरथ रंगशालामा जारी खेलमा खेलको ३३औं मिनेटमा गोल गर्दै लाओसले नेपालमाथि १-० गोलको अग्रता लिएको थियो ।

    दोस्रो हाफको सुरुआतमै अन्जनको गोलबाट नेपाल खेलमा फर्कियो । ४८औँ मिनेटमा एरिक विष्टको कर्नरमा अन्जनले हेडर गोल गर्दै नेपाललाई ११ हजार २३५ दर्शकमाझ खेलमा फर्काएका हुन् । 

    अब छनोटको दोस्रो लेगका लागि नेपाली टिम लाओस जाने छ । छनोटको दोस्रो लेग असोज ३० गते हुने छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend