२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

चिकित्सा शिक्षा पढ्न विदेश जानु पर्ने अवस्था अन्त्य गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत


सञ्चार डबली
  • बिहीबार , असोज २५ २०८०
  • 8.4K
    SHARES

  • चिकित्सा शिक्षा पढ्न विदेश जानु पर्ने अवस्था अन्त्य गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

    २५ आश्विन २०८० 
    स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्न विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । कागेश्वरी मनोहरा नगरपालिकाले बुधबार आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन गरेर डाक्टर, नर्स सहित स्वास्थ्य सम्बन्धी बिषय पढ्नका लागि विदेश जानु पर्ने अहिलेको बाध्यता हटाउने दावी गरे । मन्त्री बस्नेतले भने, ‘ वर्तमान चिकित्सा शिक्षा ऐनका केही प्रावधानले मेडिकल कलेज र नर्सिङ कलेजका कोटा घटाइयो ।

    जसका कारण स्वदेशमै पढ्न चाहने विद्यार्थीहरुले पनि बाध्य भएर पढ्नका लागि विदेश जानु परेको छ । अब ऐन चाडै परिमार्जन गरेर स्वदेशमै प्रयाप्त कोटा निर्धारण गरिने छ र नेपालमै पढ्न पाइने शुनिश्चित हुनेछ ।’ चिकित्सा शिक्षा ऐन संसोधन गर्न प्रधानमन्त्रीदेखि मन्त्रीपरिषद् र राजनीतिक दलहरुका नेता समेत सहमत रहेको बताउदै मन्त्री बस्नेतले एक जनाले अनसन बस्छु भनेर धम्की दिएकै भरमा लाखौ विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गर्न नसकिने जिकिर गरे ।

    विदेशीले समेत चिकित्सा शिक्षा पढ्न नेपाल आउन चाहिरहेको बताउदै तर चिकित्सा शिक्षा ऐनका कारण अवरोध भइरहेको उनले बताए । अवरोध हटाएर नेपाललाई मेडिकल शिक्षाको हवको रुपमा विकास गर्न सकिने गरि काम भइरहेको उनले दावी गरे । चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर मेडिकल कलेज र नर्सिङ कलेजका सिट नबढाउने हो भने अवको ५ वर्ष भित्रै चिकित्सक र नर्स विदेशबाट आयात गर्नु पर्ने अवस्था आउन सक्ने दावी मन्त्री बस्नेतले गरे । उनले भने, ‘अहिले नै देशलाई २९ हजार नर्सको आवश्यकता छ । पढ्नका लागि विदेश जाने र काम पनि उतै गर्न थाले पछि हामीले विदेशबाट आयात गर्नु पर्ने दिन नआउलान भन्न सकिन्छ । ’

    मन्त्री बस्नेतले आफुले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि विपन्नका लागि हरेक अस्पतालमा १० प्रतिसत शैया निःशुल्क गराएको केन्द्रीय अस्पतालहरुका साडे ३ हजार जनरल शैया विपन्नका लागि निःशुल्क गराएको र अव सातवटै प्रदेश अस्पतालका शैया पनि निःशुल्क गराउन लागेको दावी गर्दे ४ वटा प्रदेशले निःशुल्क गरिसकेको र वाकी ३ मा पनि छ्ट्टिै हुने जानकारी दिए । कार्यक्रममा मन्त्री बस्नेतले कागेश्वरी महोहरा नगरपालिकाका विभिन्न विद्यालयका उत्कृष्ठ शिक्षक र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको अध्यक्षतामा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend