२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एसीसी प्रिमियर लिगः नेपाल १५७ रनमा अलआउट


सञ्चार डबली
  • बिहीबार , वैशाख १४ २०८०
  • 11.1K
    SHARES

  • images
    एसीसी प्रिमियर लिगः नेपाल १५७ रनमा अलआउट


    काठमाडौं, १४ वैशाख । राजधानीमा जारी एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारले नेपाललाई १५७ रनमै अलआउट गरेको छ ।टियु मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ५७ रन मात्र बनायो ।

    नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौका सहयोग सर्वाधिक ४२ रन बनाएका थिए । कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाएका थिए ।

    दीपेन्द्र सिंह ऐरीले १९ बलमा १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११–११ रन बनाए । अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ४६ रनको साझेदारी गरेपश्चात नेपाल सम्मानजनक योगफलसम्म पुग्यो ।

    कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३र३ तथा गयान मुनवारा २ विकेट लिए । समूह ए बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागि सकेको अवस्थामा यो खेल पछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

    यस समूहबाट नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ एक खेल अगाबै सेमिफाइनलमा पुगेको थियो । ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो ।

    १० राष्ट्र सहभागी प्रतियोगितामा पाँच पाँच राष्ट्रको दुई समूह रहेको छ । हरेक समहका दुई राष्ट्रले शनिबार हुने सेमिफाइनल खेल्नेछन् । समूह ए को विजेता र समूह बी का उपविजेता तथा समूह बी को विजेता तथा समूह ए को उपविजेता बीच सेमिफाइनल खेल हुनेछ ।

    दुई सेमिफाइनलका विजेताबीच सोमबार फाइनल खेल रहेको छ । फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend