२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कोठामा थन्कियो रारा तालको मोटरबोट


सञ्चार डबली
  • बिहीबार , वैशाख १४ २०८०
  • 8.9K
    SHARES

  • images
    कोठामा थन्कियो रारा तालको मोटरबोट


    काठमाडौं, १४ वैशाख । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रकारका स्रोत साधनहरू जुटाइन्छ, तर त्यसको फलस्वरूप नतिजा भने राम्रो देखिँदैन ।

    पर्यटकलाई थप आकर्षक गर्न रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले मोटरबोट ल्याएको थियो । गत आर्थिक वर्ष निवर्तमान वार्डेन बद्री विनोद दाहालको कार्यकालमा ल्याइएको मोटरबोट विगत दुई हप्तादेखि कार्यालयको एक कोठामा थन्किएको छ ।

    गत ११ फागुनमा न्युज कारखानाले ‘सञ्चालनमा नआउँदै बिग्रियो रारा तालको मोटरबोट भन्ने’ शिर्षकमा समाचार सम्प्रेषण गरेको थियो । उक्त समाचार सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशित गरेपछि केही दिनमै सञ्चालनको लागि एकपटक मोटरबोट परीक्षण गरियो । तर, परीक्षण गर्दा पुनः मोटरबोटमा समस्या देखिएपछि अहिले कार्यालयको एक कोठामा थन्किएको हो । रारा तालमा डुंगा सवार गर्दैगर्दा केही समस्या परेमा रेस्क्युको लागि ल्याइएको मोटरबोट उद्धार गर्नुको साटो कोठामा थन्किनु परेको छ ।

    दक्ष प्राविधिकले ममर्त गरेपछि एकपटक परीक्षणको लागि तालमा सवार गरिएको, तर त्यसमा पनि एक्सलेटरमा समस्या देखिएपछि सो मोटरबोटलाई हावा खुस्काई, मेसिनहरुको सामान निकालेर एउटा कोठामा थन्काएको डुंगा नाइके राजेश रावलले बताए ।

    यता रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका संरक्षण अधिकृत वार्डेन विश्वबावु श्रेष्ठका अनुसार रारा तालमा रेस्क्युको लागि ल्याइएको मोटरबोट सञ्चालन गर्न दक्ष जनशक्ति वा ड्राइभर नहुँदा मोटरबोट एउटा कोठामा थन्किएको उनले बताए । यो मोटरबोट सञ्चालन गर्न तालिम प्राप्त मान्छेको आवश्यक पर्ने भएको हुँदा हालसम्म त्यस्तो कुनै पनि दक्ष जनशक्ति नहुँदा मोटरबोट कोठामा थन्किन पुगेको वार्डेन श्रेष्ठको भनाई छ ।

    बढि खर्चिलो र पेट्रोलको मात्रा पनि बढि आवश्यक पर्ने पनि बताए । एक पटक सञ्चालनमा आएको मोटरबोट दिर्घकादिन सम्म सञ्चालनमा नआउदै पुन थन्किएको छ ।

    उक्त बोट १८ लाखमा खरिद गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ । विशेष गरेर उक्त मोटर बुट राराताल आकस्मिक घटना घटेमा त्यसको उद्धारका लागि मोटरबोट ल्याइएको थियो । उक्त मोटरबोट सञ्चालनमा नआउँदा राजस्वमा न्यून संकलन हुनु, पर्यटकलाई थप आकर्षण नहुने जस्ता विभिन्न पक्षलाई हेरिएको छ ।

    मोटरबोटलाई प्रयोगमा ल्याउन बर्दियाबाट एनटी एनसी मिस्त्री झिकाई स्टोरमा थन्किएको मोटरबोट हेर्दा भित्री भाग तर्फ विगतका दिनमा तीनवटा प्वाल परेर फेला परेको थियो । उक्त बुट सिल स्काई कम्पनीबाट ल्याइएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend