२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चितवनमा २२ गतेदेखि “सातौँ अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी  २०८०” एक्पो सुरु हुँदै


सञ्चार डबली
  • बिहीबार , वैशाख १४ २०८०
  • 9.6K
    SHARES

  • images
    चितवनमा २२ गतेदेखि “सातौँ अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी  २०८०” एक्पो सुरु हुँदै

    २०८० वैशाख १४ गते चितवन - “दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियान सहित चितवन औद्योगिक एक्पो सुरु हुने भएको छ । चितवन औद्योगिक एक्पो बैशाख २२ गतेदेखी २४ गतेसम्म हुने भएको छ । चितवनमा उद्योग संघको आयोजना साझेदारी तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्वमा एक्पो प्रदर्शनी हुने भएको छ । उक्त्त प्रदशनी बैशाख २२, २३ र २४ भरतपुरमा हुने आयोजकले जनाएको छ ।

    उक्त प्रदर्शनी केन्द्रमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको बृहत प्रदर्शनी हुँदैछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने गरी आयोजना हुन गइरहेको उक्त प्रदर्शनीको धमाधम स्टलहरु बुकिङ हुन थालेका छन् । यस प्रदर्शनीमा प्रदर्शकको रुपमा सहभागिता जनाउन चाहने उद्योगीले यही १७ गतेसम्म स्टल बुकिङ गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

    अवलोकनकर्ताहरुलाई निशुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरु औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्तिहरु, व्यवसायिक उत्पादकहरु, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरु, उद्यमीका व्यवसायिक परामर्शदाताहरु, वित्तिय सेवा प्रदायकहरु, अनुसन्धानकर्ता, उद्योगीका छाता संस्थाका प्रतिनिधिहरुलाई समेत  अवलोकनकर्ताको रुपमा सहभागि भै लाभ लिन आयोजकले अनुरोध गरेको छ ।

    उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको रुपमा रहने यस अन्तराष्ट्रिय औद्योगिक  प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूका वीच प्रत्यक्ष भेटघाट तथा छलफल हुन गई औद्यागिक अनुभव तथा ज्ञान आदान प्रदान गर्ने समेत महत्वपूर्ण अवसर प्राप्त हुनेछ  ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend