२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images
रवी लामिछाने प्रकरण

राहदानी दुरुपयोगमा रविलाई मुद्दा चलाउनु पर्ने माग राखी सर्वोेच्चमा रिट दर्ता

लामिछानेमाथि पर्याप्त अनुसन्धान नगरी उनीमाथि मुद्दा नचल्ने निर्णय भएको भन्दै अधिवक्ता युवराज सफलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।


सञ्चार डबली
  • सोमबार, चैत २० २०७९
  • 10.3K
    SHARES

  • राहदानी दुरुपयोगमा रविलाई मुद्दा चलाउनु पर्ने माग राखी सर्वोेच्चमा रिट दर्ता

    २० चैत, काठमाडौं। राहदानी दुरुपयोगको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरकानूनी रुपमा उन्मुक्ति दिइएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

    लामिछानेमाथि पर्याप्त अनुसन्धान नगरी उनीमाथि मुद्दा नचल्ने निर्णय भएको भन्दै अधिवक्ता युवराज सफलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

    अधिवक्ता सफलले रविमाथि मुद्दा नचल्ने भनी महान्यायाधीवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गरेका हुन् । रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ ।

    राहदानी दुरुपयोग गरेको भनी परेको उजुरीमा अनुसन्धान गरेको प्रहरीले लामिछानेमाथि मुद्दा नचल्ने राय सहित प्रहरीमा प्रतिवेदन पेश गरेको थियो । त्यही प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा नचल्ने भनी गरेको निर्णयलाई महान्यायाधीवक्ताले सदर गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # राष्ट्रिय स्वतन्त्र पार्टी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend