२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

क्रिकेट विश्वकपमा नेदरल्यान्ड्समाथि पाकिस्तानको विजयी शुरुवात


सञ्चार डबली
  • शुक्रबार, असोज १९ २०८०
  • 10.7K
    SHARES

  • images
    क्रिकेट विश्वकपमा नेदरल्यान्ड्समाथि पाकिस्तानको विजयी शुरुवात

    शुक्रबार, असोज १९, २०८०
    काठमाडौँ । जारी क्रिकेट विश्वकपमा पाकिस्तानले विजयी शुरुवात गरेको छ । भारतमा जारी विश्वकपमा पाकिस्तानले नेदरल्याण्डसलाई ८१ रनले पराजित गर्दै विश्वकपमा विजयी शुरुवात गरेको हो ।

    विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले दिएको २८७ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४१ ओभरमा अल आउट हुदै २०५ रन मात्र बनाएपछि खेल ८१ रनले हारेको हो । यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले ४९ ओभरमा अलआउट हुदै २८६ रन बनाएको थियो ।नेदरल्यान्ड्सका लागि बास डि लिडेले ६७ र ओपनर विक्रमजित सिंहले ५२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । पाकिस्तानको हरिस रउफले ३ विकेट लिए ।

    यसअघि हैदरावादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले टिमको स्कोर ३८ रन हुँदा सुरुवाती ३ विकेट गुमाएको पाकिस्तानलाई उकास्न चौथो विकेटका लागि मोहम्मद रिज्वान र साउद शकिलले १२० रनको साझेदारी गरे । उनीहरु दुवैले समान ६८ रन बनाए । मोहमद नवाजले ३८ र साबाद खानले ३२ रन बनाए । नेदरल्यान्ड्सका लागि भने बास डि लिडेले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभर बलिङ गर्दै ६२ रन खर्चेका हुन् । कोलिन अक्रमानले २ विकेट लिए ।

    यो जितपछि पाकिस्तानले महत्वपूर्ण २ अंक जोडेको छ । अब पाकिस्तानले विश्वकपमा आफ्नो दोस्रो खेल अक्टोबर १० मा श्रीलंकासँग खेल्ने तालिका छ । त्यस्तै नेदरल्याण्डसले भने अर्को खेल अक्टोबर ९ मा न्यूजील्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend