२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सुकुम्बासी बस्ती हटाउन बाटो खुल्यो, उच्च अदालतले दिएन अन्तरिम आदेश


सञ्चार डबली
  • बुधबार, वैशाख १३ २०८०
  • 11.2K
    SHARES

  • images
    सुकुम्बासी बस्ती हटाउन बाटो खुल्यो, उच्च अदालतले दिएन अन्तरिम आदेश

    बुधबार, वैशाख १३, २०८०
    काठमाडौं । सुकुम्वासी बस्ती हटाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्धय राज्यलक्ष्मी बज्राचार्य र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले यसअघि चैत २७ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता नपाउने भनी आदेश गरेको हो ।

    काठमाडौं महानगरले सातदिने म्याद निकाल्दै अतिक्रमित बस्ती हटाउन सूचना निकालेको थियो । उक्त सूचनाको म्याद सकिएसँगै महानगरले आफै अनधिकृत संरचना हटाउने चेतावनी समेत जारी गरेको थियो । महानगरपालिकाले ११ चैत २०७९ मा ७ दिनको सूचना दिई सुकुम्बासी बस्ती खाली गर्न सूचना निकालेको थियो ।

    सूचनामा नदी किनार, नदी उकास र नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउनु’ भनी उल्लेख थियो । उक्त सूचना विरुद्ध परेको रिट निवेदनमा उच्च अदालत, पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले २७ चैत, २०७९ मा अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

    अदालतका प्रवक्ता ठगीन्द्र ढकालका अनुसार उक्त आदेशको लिखितपत्र जारी भइसकेको छैन । तर, कानुन बमोजिमको प्रक्रिया पूरा गरी सूचना कार्यान्वयन गर्न इजलासबाट आदेश भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend