२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 संसदमा गृहमन्त्रीको जवाफः ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्ने पक्राउ परिसके


सञ्चार डबली
  • बुधबार, वैशाख १३ २०८०
  • 8.9K
    SHARES

  •  संसदमा गृहमन्त्रीको जवाफः ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्ने पक्राउ परिसके


    काठमाडौं, बैशाख १३ गते ।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्नेमध्ये एकजनालाई पक्राउ गरेको जानकारी दिएका छन् । 

     झापामा आज एक कार्यक्रममा ओलीविरुद्ध कालोझण्डासहित नाराबाजी र ढुंगामुढा गर्दै प्रदर्शन भएको थियो । उक्त प्रदर्शन सत्तापक्षकै कार्यकर्ताबाट भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताएपछि गृहमन्त्री श्रेष्ठले  कोशी नामकरणको विरोध उत्रिएकाहरुबाट सो कार्य भएको जवाफ दिएका हुन् । 

    आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री श्रेष्ठले ओलीमाथि भएको आक्रमण हुनु दुखद् भएको भन्दै सो कार्यमा संलग्नमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएका हुन् । 

     सो घटनाप्रति सरकारको तर्फबाट दुःख व्यक्त गर्दै निन्दा गर्दै उनले अराजक गतिविधि गर्न कसैलाई छुट दिन नसकिने चेतावनी दिए । उनले सो घटनामा दुईजना सुरक्षाकर्मी घाइते भएको बताए । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend