२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

संसदीय सुनुवाई समितिमा ३ सदस्य चयन


सञ्चार डबली
  • बुधबार, वैशाख १३ २०८०
  • 9.9K
    SHARES

  • संसदीय सुनुवाई समितिमा ३ सदस्य चयन


    काठमाडौं, बैशाख १३ गते ।  संसदीय सुनुवाइ समितिमा रहने १५ मध्ये ३ जनाको नाम टुंगो लागेको छ । राष्ट्रिय सभाकातर्फवाट संसदीय सुनवाई समितिमा जाने ३ जना सदस्यको नाम टुंगो लागेको हो । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेको नामलाई सभाले अनुमोदनसमेत गरिसकेको छ ।
     
    जसअनुसार नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा सुनुवाइ समितिमा सिफारिस भएका छन् ।

     प्रतिनिधिसभातर्फबाट जाने सदस्य भने बाँकी रहेका छन । प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा सदस्य मनोनयनको अजेन्डा राखे पनि  प्रमुख तीन दलले नाम नदिदा आज सो समितिमा मनोनयन हुन नसकेको जनाईएको छ । सुनुवाई समिति संघीय संसदको संयुक्त समिति हो । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend