२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो हार

नापोलीविरुद्ध रियालको रोमाञ्चक जित


सञ्चार डबली
  • बुधबार, असोज १७ २०८०
  • 9.6K
    SHARES

  • images
    च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो हार

    २०८० असोज १७ बुधबार
    काठमाडौँ । म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा लगातार दोस्रो हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडलाई टर्कीको क्लब गालाटासारेले ३-२ गोल अन्तरले पराजित गरेको हो । गालाटासारेको जितमा विलफ्राइड जाहा, मुहमद केरेम र माउरो इकार्डीले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि भने रासमस होजलण्डले दुवै गोल गरेका थिए ।

    यस खेलमा खेलको ७७औं मिनेटमा युनाइटेडका क्यासेमोरोले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा खेलेको थियो । यो जितसँगै समुह ए मा गालाटासारेको २ खेलमा ४ अंक भएको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी म्यानचेस्टर युनाइटेडले भने लगातार दोस्रो हार बेहोरेदै २ खेलमा अंकविहिन रहेको छ ।

    मंगलबार राति नै भएको अर्को खेलमा रियाल मड्रिडले इटालियन क्लब नापोलीविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ । मंगलबार पाहुना टोली रियालले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै घरेलु टिमबाट तीन अंक खोसेको हो ।

    घरेलु मैदान डियागो म्याराडोना रंगशालामा नापोलीका लियो ओष्टिगार्डले गोल गर्दै अग्रता दिलाएका थिए । तर, २७औँ मिनेटमा भिनिसिअस जुनियरले गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काएका थिए । ३४औँ मिनेटमा जुड वेलिंघमले गोल गरेपछि पहिलो हाफमा रियालले २–१ को अग्रता बनाएको थिए ।

    Real-1696391379.jpg
    undefined

    ५४औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै नापोलीका पिओर्ट जिलेस्कीले खेल बराबरीमा ल्याएका थिए । तर, घरेलु टोलीका एलेक्स मेरिटले ७८औँ मिनेटमा आत्मघाती गोल गर्दा रियालले तीन अंक पाएको हो । जितसँगै समूह ‘सी’मा रियाल सतप्रतिशत जितसहित शीर्ष स्थानमा छ । समान दुई खेलबाट ब्रागा र नापोलीको तीन अंक रहँदा समूहमा युनियन बर्लिन भने अंकविहीन छ । समूहको अर्को खेलमा ब्रागाले युनियन बर्लिनलाई ३–२ ले हराएको छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend