२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँट


सञ्चार डबली
  • बुधबार, वैशाख १३ २०८०
  • 9.6K
    SHARES

  • images
    महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँट


    काठमाडौं, वैशाख १३ गते । महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले चैत २९ गतेदेखि वैशाख ४ गतेसम्मको लागि ऋणपत्र बिक्री गरेको थियो । बैंकले १ अर्ब बराबरको ऋणपत्र बाँडफाँड गरेको हो ।

    बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्कासन गरेको थियो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ६० करोड बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने ४० प्रतिशत अर्थात् ४० करोड बराबरको ४ लाख कित्ता सामूहिक लगानीकोष समेत सर्वसाधारणमा बाँडफाँड गरिएको हो ।

    सामूहिक लगानी कोषहरुका लागि २० हजार कित्ता ऋणपत्र छुट्याइएको र बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत बिक्री गरिएको थियो । बैंकले ऋणपत्र बिक्री प्रबन्धकमा एनआईसी एशिया बैंक लिमिटेडका अनुसार वैशाख १२ गते ऋणपत्र बाँडफाँट गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # महालक्ष्मी विकास बैंक
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend