२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भारतले नेपाललाई दियो दुई सय तीन रनको लक्ष्य


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 8.4K
    SHARES

  • images
    भारतले नेपाललाई दियो दुई सय तीन रनको लक्ष्य

     

    काठमाडौं, १६ असोज । भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा भारतले नेपाललाई २ सय तीन रनको लक्ष्य दिइको हो ।प्रतियोगिताको जारी क्वार्टरफाइनल खेलमा भारतले नेपालबिरुद्ध सुरुवाती आक्रामक बिष्फोटक रुपमा गरेको थियो ।

    टस जितेर पहिले ब्याटिङमा गएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाउन सफल भएको हो ।सो खेल झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भइरहेको छ । जुन खेल नेपाली समय अनुसार बिहान ६ः४५ बजेबाट सुरु भएको हो ।

    एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको थियो । कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका थिए । जसअनुसार आज नेपाल भारतबीच प्रतिस्पर्धा भइरहेको हो ।

    नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend