२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कास्यपदकनजिक नेपाली महिला कबड्डी टिम


सञ्चार डबली
  • सोमबार, असोज १५ २०८०
  • 9.5K
    SHARES

  • images
    कास्यपदकनजिक नेपाली महिला कबड्डी टिम

    काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिम कास्यपदक नजिक पुगेको छ । सोमबार भएको खेलमा अर्को दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई ३६–२४ ले हराउँदै नेपाली टिम पदकनजिक पुगेको हो ।

    महिला कबड्डीको सेमिफाइनलमा स्थान बनाउने टिमले कास्य पाउने हुँदा नेपालको पदक सम्भावना बलियो बनेको छ । नेपाल एसियाडको महिला कबड्डीको समूह ’बी’मा छ । यो समूहमा नेपालसँगै बंगलादेश र इरान छन् ।

    समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । अब इरानले बंगलादेशलाई हराए नेपालको कम्तीमा कास्यपदक निश्चित हुनेछ ।

    जारी एसियाडमा हालसम्म नेपाल पदकविहीन छ । नेपालले २९ खेलमा सहभागिता जनाएको छ । २५३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend