२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

दाङमा डेंगुका कारण एकजनाको मृत्यु


सञ्चार डबली
  • सोमबार, असोज १५ २०८०
  • 9.1K
    SHARES

  • दाङमा डेंगुका कारण एकजनाको मृत्यु

    दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ ।

    रोल्पाको माडी गाउँपालिका–२, घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए ।

    केही समयअघिदेखि डाँगीको स्वास्थ्यमा समस्या देखिएको थियो । आइतबार साँझ उनलाई उपचारका लागि प्रतिष्ठानमा ल्याइएको थियो । उनकोे उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईको भनाइ छ ।

    डाँगीले श्रीकृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा पढाउँदै आएका थिए । रासस

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend