२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

तितो घिउकुमारी सेवन गर्नुका मिठा फाईदाहरु


सञ्चार डबली
  • आइतबार, असोज १४ २०८०
  • 9.9K
    SHARES

  • तितो घिउकुमारी सेवन गर्नुका मिठा फाईदाहरु

     

    काठमाडौ, १४ असोज । घिउकुमारी स्वादमा तितो भए भनि मानव स्वास्थ्यका लागि भने निकै फाईदाजन हुन्छ । यो औषधीय गुणको वनस्पती हो, जो सहजै बगैंचा वा करेसाबारीमा उमार्न सकिन्छ । यसलाई सानो गमलामा रोप्न सकिन्छ । हुर्काउन र स्यहार्नका लागि पनि खासै गाह्रो छैन । अर्थात हाम्रो निम्ति गुणकारी वनस्पती हो यो ।

    विहान खाली पेटमा एलोभेरा अर्थात घिउकुमारीको जुस पिउँदा हाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । छाला स्वास्थ्यको लागि एलोभेराको जुस निकै उपयोगी मानिन्छ। एलोभेराबाट रुखो छाला, अनुहारमा भएको दाग–दब्बा, चाउरिपन र आँखा वरिपरिको कालोपनलाई पनि हटाउन सकिन्छ ।

    त्यस्तै एलोभेराको जुस पिउनाले शरीरमा हुने पोषक तत्वको कमीलाई पनि पूरा हुन्छ । एलोभेराको जुसमा कयौं प्रकारको रासायनिक गुण, खनिज पदार्थ, क्याल्सियम, पोटासियम, सोडियम, म्याग्नेसियम, क्रोमियम लगाएत भरपुर पाइन्छन् ।घिउकुमारी सेवन गदा हुने फाइदाहरु यसप्रकार छन्

    पहेँलो रोगबाट ग्रसित रोगीको लागि एलोभेरा एक औषधि हो । यस्ता रोगीले दैनिक विहान १५ ग्राम एलोभेराको जुस सेवन गर्नुपर्छ । जसका कारण तपाईले राहत पाउनुहुन्छ ।

    एलोभेराको जुस सेवनबाट मोटोपनलाई कम गर्न सकिन्छ । १० ग्राम एलोभेराको रसमा मेथीको ताजा पातलाई पिसेर मिसाई सेवन गर्न सकिन्छ । जसका कारण तपाईको वजन विस्तारै कम हुँदै जान्छ ।अमला र जामुनको साथमा एलोभेराको उपयोग गर्नाले शरीर मजबुत बन्छ । यसले आँखामा हुने विभिन्न समस्याबाट पनि बचाउँछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend