२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

साउदी प्रो लिग : रोनाल्डो र टालिस्काको गोलमा अल नासर विजयी


सञ्चार डबली
  • शनिबार, असोज १३ २०८०
  • 9.5K
    SHARES

  • images
    साउदी प्रो लिग : रोनाल्डो र टालिस्काको गोलमा अल नासर विजयी

    काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाइलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा अल नासरले अल टाइलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ८७औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए । यसअघि अल नासरका लागि खेलको ३२औं मिनेटमा रोनाल्डोको असिस्टमा टालिस्काले गोल गरेका थिए । त्यसैगरी अल टाइका लागि भिर्गिल मिसिडजानले एक गोल गरेका थिए ।

    यो यस सिजनमा अल नासरको लगातार छैटौं जित हो । यो जितपछि अल नासरको ८ खेलमा १८ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी अल टाइको ८ खेलमा ७ अंक छ र लिगमा १२औं स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend