२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एसियाली खेलकुद : नेपाली पब्जी टोली सेमिफाइनलमा प्रवेश


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 12.2K
    SHARES

  • images
    एसियाली खेलकुद : नेपाली पब्जी टोली सेमिफाइनलमा प्रवेश

    चीनको हाङ्जाओमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली टोली पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश गरेको छ। 

    शुक्रबार भएको क्वार्टरफाइनलको समूह ‘सी’मा नेपाल शीर्ष दुई स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। नेपाल रहेको समूहबाट हङकङ समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ।

    वरियताका आधारमा सिधै क्वार्टरफाइनलमा स्थान बनाएको नेपालले प्यालेस्टाइनलाई हराएको थियो। नेपालले भोलि शनिबार हुने सेमिफाइनलमा अन्य चार टोलीसँग समूहमा प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनलमा दुवै समूह खेल शनिबार हुनेछ। सेमिफाइनलमा शीर्ष दुईमा स्थान बनाए फाइनलमा पुग्दै पदक जित्नेछ।

    नेपाली टोलीमा सुविन महर्जन (कप्तान), दीपेश गुरुङ, सागर भण्डारी, समीर गुरुङ र संगिन भट्टराई छन्। टिम व्यवस्थापकमा भिक्टर पौडेल छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend