२०८० असोज १० बुधबार
एजेन्सी – अष्ट्रेलियाले तेस्रो ओडिआई खेलमा भारतलाई ६६ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर ३५२ रन बनाएको हो ।
अष्ट्रेलियाका शन एबोटले ३६ बलमा ४ चौका र ५ छक्का सहित सर्वाधिक ५४ रन बनाए । त्यस्तै जोश हेजलवुडले १६ बलमा २ चौका र २ छक्का सहित २३ रन बनाए । ओपनर डेविड वार्नर ३९ बलमा ७ चौका र १ छक्कासहित ५३, म्याथ्यु सर्ट ९, स्टिभ स्मिथ गोल्डेन डक, मार्नस लाबुसेन २७, जोश इंग्लिस ६, एलेक्स केरी १४ र क्यामरन ग्रीन १९ रनमा आउट भए ।
भारतका लागि जसप्रित बुमराहले १० ओभरमा ८१ रन खर्चेर ३ विकेट लिए । कुलदिप यादबले ६ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले एक एक विकेट लिए ।
जितको लागि ३ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९.४ ओभरमा २ सय ८६ रनमा अल आउट भयो । क्याप्टेन रोहित शर्माले सर्बाधिक ८१ रन बनाएका थिए । त्यस्तै बिराट कोहलीले ५६ रन बनाए भने श्रेयस ऐयरले ४८ रन बनाएका थिए । त्यसैगरी राहुलले १८ रन बनाए भने जडेजाले ३५ तथा सुन्दरले १८ रन बनाएका थिए ।
अष्ट्रेलियाका बलर म्याक्सवेलले सर्बाधिक ४ विकेट लिए भने हेजलवुडले २ तथा स्टार्क, ग्रीन, साघा र क्याप्टेन कुमिन्सले एक एक विकेट लिए ।
जारी तीन खेलको सिरिजमा यस अघिका २ खेलमा भारतले जितेर सिरिज भने जितिसकेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज भारतले २(१ जितेको छ ।



