२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत


सञ्चार डबली
  • बुधबार, असोज १० २०८०
  • 10.5K
    SHARES

  • चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत

     

    काठमाडौं, १० असोज । चिकित्सकहरुले शान्तिसुरक्षाको माग राखेर थालेको आन्दोलन बुधबार पनि जारी राखेका छन् । उपचारका क्रममा लापरबाही गरेको भन्दै चिकित्सकमाथि कुटपिटका घटना हुन थालेपछि आकस्मिकबाहेकका सेवा रोकेर चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

    चिकित्सकको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आग्रह गरेका छन् ।

    बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने भन्दै काममा फर्किन आग्रह गरेका हुन् । चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताएका उनले चिकित्सकको सुरक्षाको विषयमाम गृहमन्त्रालयसँग कुरा भइसकेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend