२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

भूकम्पको ८ वर्ष पुराः भोलिका लागि काठमाडौँ तयार पारौँ–बालेन शाह


सञ्चार डबली
  • मंगलबार, वैशाख १२ २०८०
  • 10.0K
    SHARES

  • भूकम्पको ८ वर्ष पुराः भोलिका लागि काठमाडौँ तयार पारौँ–बालेन शाह


    काठमाडौं, बैशाख १२ गते ।  ८ वर्ष अघिको भूकम्पलाई सम्झँदै दुर्घटनाहरू सोचेर बस्ने, तर्सने नभई सुध्रिने र तयारी गर्नुपर्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् । आज सामाजिक सञ्जालमार्फत बालनेले मेयर शाहले फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषयमा हामीले तयारी नगरेका बताएका छन् ।

     आज सामाजिक सञ्जालमार्फत बालने भनेका छन्, – ‘हाम्रो बिर्सने बानी छ । ८ वर्ष पुरानो महाभूकम्प हामीले बिर्सिसकेका छौँ ।’उनले अव्यवस्थित कुराहरू सकेसम्म व्यवस्थित गर्नु पर्ने, सार्वजनिक ठाउँहरू खुल्ला राख्नु पर्ने हो भन्दै भोलि हुनसक्ने भन्दै ‘अप्ठ्याराहरूमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् । 

    आजैदेखि सावधान बनौँ’, भनेका छन् । साथै उनले ‘काठमाडौँ महानगरको नीति यति मात्रै हो । भोलिका लागि काठमाण्डौलाई तयार पारौँ । जे जुन कुराको लागि हो, त्यसलाई त्यसकै लागि उपयोग गरौँ । यसका लागि सबैको सहकार्य, समन्वयको आवश्यकता छ’, भनेका छन् ।

  • सम्बन्धित विषय:

  • # बालेन शाह
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend