२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

स्वास्थ्य मन्त्री बस्नेतद्वारा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको प्रशंसा 


सञ्चार डबली
  • बिहीबार , असोज ४ २०८०
  • 9.4K
    SHARES

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको प्रशंसा 

    काठमाडौं, ४ असोज : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशंसा गरेका छन् । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकिकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरे जस्तै विपन्न र गरिवको सहज स्वास्थ्य उपचारका क्षेत्रमा गरिरहेका काम प्रशंसनिय रहेको बताए ।

    मन्त्री बस्नेतले भने,‘केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफ्ना सबै अस्पताल र प्रतिष्ठानमा जनरल बेड नि:शुल्क गर्ने निर्णय गरेपछि बाग्मती प्रदेशलाई पनि विपन्नका लागि प्रदेश मातहतका अस्पतालका बेड नि:शुल्क गर्न सल्लाह दियौ । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्रीज्युले निर्णय गरेर साथ दिनु भयो । ’ केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पताल र प्रतिष्ठानका ३ हजार ५ सय ६५ जनरल बेड नि:शुल्क गरेपछि बाग्मती प्रदेशले आफू मातहतका प्रादेशिक अस्पतालहरुका ८०० बेड नि:शुल्क गरेको थियो । मन्त्री बस्नेतले विपन्न जनतालाई सहज उपचार उपलब्ध गराउने अभियानमा बाग्मती प्रदेशले क्यान्सरका विरामीलाई केन्द्र सरकारले दिने प्रतिव्यक्ति १ लाख रुपैया सहुलियतमा थप ५० हजार रुपैया उपलब्ध गराईरहेको, हृदयरोगका विरामीलाई १ लाखमा थप गरेर १ लाख १० हजार उपलब्ध गराउने काम प्रशंसनिय रहेको स्वास्थ्य मन्त्री बस्नेतले बताए ।

    बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्नको उपचारका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको भए पनि व्यापक प्रचार प्रसारको कमिले जनमानसमा पुग्न नसकेको बताउँदै हरेक अस्पतालले प्रदान गर्ने सेवा र सुविधाका बारेमा सूचनापाटीमा लेखेर सबैलाई जानकारी गराउनु पर्नेमा जोड दिए । केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लयमा आफू चल्न तयार रहेको बताउदै प्रदेश स्वास्थ्य मन्त्री जोशीले विपन्नको पहिचान गर्दा स्वघोषणालाई आधार बनाउनु पर्ने सुझाव दिए । 


    बाग्मती प्रदेशका सांसद कृष्णकुमार तामाङ, सोना परियार लगायतले बाग्मती प्रदेशले स्वास्थ्य उपचारमा उल्लेखनिय काम गरिरहेको बताए । सो अवसरमा बाग्मती प्रदेशले नेपाल रेडक्रससँग नि:शुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ भने शहिद गंगालाल हृदयरोग प्रतिष्ठानसँग मुटु रोगको उपचार उपलब्ध गराउन, भक्तपुर क्यान्सर हस्पिटलसँग क्यान्सर रोगको उपचार उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ । बाग्मती प्रदेशको चिकित्सा साखा प्रमुख डा. खगेश्वर गेलालले बाग्मती प्रदेशले सिमान्तकृत विपन्न जनताका लागि नि:शुल्क स्वास्थ्य विमा कार्यक्रम र महिला स्वास्थ्य स्वयं सेविकाका लागि स्वास्थ्य विमामा ५० प्रतिसत सहूलियत दिने कार्यक्रम पनि सुरु गरेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend