२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

६ वर्ष पछि फर्किएको आर्सनललाई ४–० को सुरुवाती जित


सञ्चार डबली
  • बिहीबार , असोज ४ २०८०
  • 10.1K
    SHARES

  • images
    ६ वर्ष पछि फर्किएको आर्सनललाई ४–० को सुरुवाती जित

     

    काठमाडौं, ४ असोज । पहिलो खेलबाट आर्सनलले ऐतिहासिक तथा सानदार जित निकालेको छ । युरोपियन च्याम्पियन्स लिगमा ६ वर्ष पछि फर्किएको आर्सनलले यस सिजनको पहिलो खेलमा सानदार जीत निकालेको हो ।

    २०२३– २४ सिजनको पहिलो खेलमा पिएसभी आइन्डहोभनमाथि आर्सनलले ४–० को सानदार जित निकालेर रेकर्ड बनाएको अन्तर्राष्ट्रिय खेल समाचारले जनाएका छन । गए राती सम्पन्न समूह बी अन्तर्गत घरेलु मैदान एमिरेट्समा भएको खेलमा आर्सनल ४– ० ले विजयी भएको हो । उत्कृष्ट सुरुआत गर्ने क्रममा आर्सनलले पहिलो हाफ मा नै तीन गोल गरेको थियो ।

    आर्सनलका बुकायो साकाले आठौं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए भने लियोन्ड्रो ट्रोसार्डले २०औं मिनेटमा थप अर्को गोल गरे पछि आर्सनलको अग्रता दोब्बर हुन पुगेको थियो ।गाब्रीएल जेससले ३८औं मिनेटमा गोल गरे पछि आर्सनलले पहिलो हाफमा नै ३–०को फराकिलो अग्रता बनाउन सफल भयो ।

    पहिलो हाफमा नै ३–० को अग्रता लिएको आर्सनलका कप्तान मार्टिन ओडेगार्डले ७०औं मिनेटमा थप गोल गरे पछि खेल ४–० मा टुंगियो । सो जितपछि आर्सनलले ३ अंकसहित च्याम्पियन्स लिगको यात्रामा ६ बर्ष पछि शुभ सुरुवात गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend