२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नबिल बैंकले ल्यायो ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 10.1K
    SHARES

  • images
    नबिल बैंकले ल्यायो ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’

    २०८० वैशाख ११ गते 

    काठमाडौं । नबिल बैंकले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो । यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने बैंकले जनाएको छ ।

    बैंकको अनुसार यस कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्नेछन् । यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन् । ‘हामी हाम्रो लाइफ टाइम फ्री क्रेडिट कार्ड सुरु गर्न पाउँदा उत्साहित छौँ र यो कार्डले हाम्रा ग्राहकहरूलाई पहिले भन्दा सजिलो र सस्तो सुविधा प्रदान गर्नेमा हामी विश्वस्त छौँ,’ उनले भनिन् ।

    नबिल बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकहरूले यो कार्डका लागि आवेदन दिन सक्नेछन् । यो योजना वैशाख ३१ गतेसम्मको लागि मात्र लागु हुने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend