२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अमेरिकन लिग सकर - एटलान्टासँग हार्यो इन्टर मियामी

लियोनेल मेसी इन्टर मियामी गएपछि क्लबको पहिलो हार


सञ्चार डबली
  • आइतबार, भदौ ३१ २०८०
  • 11.7K
    SHARES

  • images
    अमेरिकन लिग सकर - एटलान्टासँग हार्यो इन्टर मियामी

    २०८० भदौ ३१ आइतबार
    काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गतको खेलमा इन्टर मियामी पराजित भएको छ । आइतबार बिहान सम्पन्न खेलमा एटलान्टा युनाइटेडले इन्टर मियामीलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । एटलान्टाको जितमा ट्रीस्टान मुयुम्बा, ब्रूक्स लेनन, जिओर्गोस र टेलर वोल्फ़ले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल इन्टर मियामीका कमल मिलरले आत्मघाती गरेका थिए ।

    त्यसैगरी इन्टर मियामीका लागि दुवै गोल भने लिओनार्दो क्याम्पानाले गरेका थिए । यस खेलमा इन्टर मियामीका लागि लियोनेल मेसी भने खेलेका थिएनन् । यस खेलका लागि खेल शुरु हुनु अघि सम्म ७० हजारभन्दा बढी टिकट बिक्रि भएकोमा मेसी नखेल्ने खबर बाहिरिएपछि धेरै जसो टिक सस्तोमा पुनस् बिक्री भएको र कैयौं फ्यानहरु मैदानमा नै नगएको बताइएको छ ।

    यस सिजनको एमएलएसमा इन्टर मियामीको यो १५औं हार हो । गत जुलाईमा मेसी इन्टर मियामी गएपछिको क्लबको यो पहिलो हार पनि हो । यो खेलपछि इन्टर मियामीको २७ खेलमा २८ अंक रहेको छ र इस्टर्न कन्फेरेन्समा १४औं स्थानमा छ । त्यस्तै एटलान्टाको भने २९ खेलमा ४५ अंकसहित छैटौं स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend