२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बारा–२ अपडेटः उपेन्द्रलाई पछि पार्दै शिवचन्द्रले लिए अग्रता 


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 10.4K
    SHARES

  • बारा–२ अपडेटः उपेन्द्रलाई पछि पार्दै शिवचन्द्रले लिए अग्रता 


    काठमाडौं, वैशाख ११ गते ।  बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन् । 

    करैयामाई नगरपालिका– १ र २ को २ हजार ७४ मत गणना गर्दा कुशवाहले अग्रता लिएका हुन् । यादवले लिँदै आएको अग्रता तोडेर कुश्वाहाले १०८ मतले अग्रता लिएका छन् ।  

    कुश्वाहाले ८९५ मत ल्याएर अग्रता लिँदा यादवले ७८७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५२३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३९ मत ल्याएका छन् । 

     बारा–२ मा आइतबार सम्पन्न मतदानमा ६८ हजार ८ सय ८६ मत खसेको छ । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।  
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend