२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एसिया कप - भारतमाथि बंगलादेशको ६ रनको रोमान्चक जित


सञ्चार डबली
  • शनिबार, भदौ ३० २०८०
  • 11.4K
    SHARES

  • images
    एसिया कप - भारतमाथि बंगलादेशको ६ रनको रोमान्चक जित

    शनिबार, भदौ ३०, २०८०
    एजेन्सी – बंगलादेशले एसिया कपको सुपर फोर खेलमा भारतमाथि ६ रनको रोमान्चक जित हात पारेको छ । फाइनलमा पुग्न नसकेपनि बंगलादेशले भारतलाई हराउँदै एसिया कप अन्त्य गरेको छ । शीर्ष दुईमा रहँदै भारत र श्रीलंकाले उपाधिको लागि भिड्ने यसखेल अघिनै पक्का गरेका थिए। जितको लागि २ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा २ सय ५९ रनमा अल आउट भयो । युवा ओपनर शुभमन गिलले १ सय ३३ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक १ सय २१ रनको शतकीय इनिङ खेलेपनि भारत पराजित भयो ।

    युवा तीव्र गतिका बलर तान्जिम हसन सकिबले दोस्रो बलमै रोहित शर्मालाई शून्यमा क्याच गराउँदै पेभेलिएन फर्काएका थिए । डेब्यू खेल खेलेका उनले ड्रिम सुरुवात गरेका थिए । तान्जिमले तिलक बर्मालाई ५ रनमा बोल्ड आउट गर्दै भारतलाई दबाब बढाए । स्पिनर मेहेदी हसन मिराजले ईशान किशनलाई ५ रनमा एलबीडब्लू आउट गरे । अर्का स्पिनर मेहेदी हसनले लोकेश राहुललाई १९ रनमा शमिम हसैनबाट क्याच गराएका थिए । सकिब अल हसनले सूर्यकुमार यादवलाई २६ रनमा बोल्ड आउट गरेपछि बंगलादेशको जितको सम्भावना बढेको थियो ।

    अन्तिम ६ बलमा भारतलाई जितको लागि १२ रन आवश्यक पर्दा हातमा १ विकेट थियो । तान्जिमले पहिलो बलमै शामीलाई बाउन्सर बल गरेपछि हेलमेटमा लागेको थियो । शामीलाई उनले लगातार तीन बल डट राखेका थिए । चौथो बलमा शामीले चौका हानेपछि दुई बलमा ८ रन चाहिँएको थियो । पाँचौं बलमा दोस्रो रन लिनेक्रममा शामी रन आउट भएपछि बंगलादेश विजयी भएको थियो ।

    त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनाएको थियो । बंगलादेशको जितमा कप्तान सकिब अल हसनले ८५ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिएका थिए । सकिब शार्दुल ठाकुरको बलमा बोल्ड आउट भएपछि शतक सम्म पुग्न सकेका थिएनन् ।

    भारतले फाइनलमा आइतबार घरेलु टोली श्रीलंकासँग खेल्नेछ । पाकिस्तान र बंगलादेश भने सुपर फोरबाटै बाहिरिएका छन् । नेपाल समूह ए र अफगानिस्तान समूह बी बाटै बाहिरिएका थिए

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend