२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 स्पेनीस क्लब रियाल मड्रिडका चार युवा खेलाडी पक्राउ


सञ्चार डबली
  • शुक्रबार, भदौ २९ २०८०
  • 11.1K
    SHARES

  • images
     स्पेनीस क्लब रियाल मड्रिडका चार युवा खेलाडी पक्राउ

    शुक्रबार, भदौ २९, २०८०
    काठमाडौं । एक यौन भिडियोमा नाबालिगलाई देखाएको भन्दै स्पेनको प्रहरीले रियाल मड्रिडका चार युवा खेलाडीलाई पक्राउ गरेको छ । स्पेनको प्रहरीले खेलाडीहरूसँग सोधपुछ गरी उनीहरूको मोबाइल फोनको डाटा जफत गरेपछि छोडिएको बीबीसीले खुलाएको छ । 

    यो भिडियोमा देखिने १६ वर्षीया बालिकाकी आमाले क्यानरी टापुमा दायर गरेको उजुरीपछि खेलाडीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रियाल मड्रिडका खेलाडीहरूलाई प्रहरीले क्लबको प्रशिक्षण केन्द्रबाट नै पक्राउ गरेको थियो । 

    चार युवा खेलाडी पक्राउ परेपछि क्लबले ‘तथ्यहरूको विस्तृत जानकारी लिएपछि उचित कदम’ चाल्ने बताएको छ । पक्राउ परेका चार खेलाडीमध्ये तीन खेलाडी रियाल मड्रिडको ‘सी’ टिमको र एक खेलाडी ‘बी’ टिमको भएको बीबीसीले जनाएको छ ।

    “उनीहरूलाई एक नाबालिगको यौन सामग्री भएको भिडियो वितरण गरेको शंकामा पक्राउ गरिएको थियो,” स्पेनिस प्रहरीका प्रवक्ताले भने । 

    उक्त भिडियो ह्वाट्सएपमार्फत शेयर गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend