२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एशिया कप - श्रीलंकालाई हराउदै भारत एशिया कपको फाइनलमा


सञ्चार डबली
  • बुधबार, भदौ २७ २०८०
  • 11.6K
    SHARES

  • images
    एशिया कप - श्रीलंकालाई हराउदै भारत एशिया कपको फाइनलमा

    बुधबार, भदौ २७, २०८०

    काठमाडौँ । भारत एशिया कपको फाइनलमा पुगेको छ । मंगलबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा सम्पन्न खेलमा भारतले घरेलु टिम श्रीलंकालाई ४१ रनले पराजित गर्दै एशिया कपको फाइनलमा पुगेको हो ।

    भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलंकाले ४१.३ ओभरमा अल आउट हुदै १७२ रन मात्र बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ४९.१ ओभरमा अल आउट हुदै २१३ रन बनाएको थियो ।

    सुपर फोरमा भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गर्दै २ खेलमा ४ अंक हासिल गरेको छ र फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । अब भारतले सुपर फोरमा अन्तिम खेल बंगलादेशसँग खेल्ने छ ।

    त्यस्तै सुपर फोरमा २-२ खेल खेलेर २-२ अंक हासिल गरेका श्रीलंका र पाकिस्तानबीचको विजेता फाइनलमा पुग्ने अर्को देश हुने छ । बंगलादेश भने लगातार दुई खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend